Websoft University

बाल प्रतिभा;- डीकलालको गायक बन्ने लक्ष


कात्तिक १२ गते ।
प्रस्तुति-युवराज ठकुरी/ सिंहदेवी,मोरङ
प्रत्येक मान्छे संग एक न एक प्रतिभा लुकेर
रहेको हुन्छ। कसैमा धेरै त कसैमा थोरै यति
मात्र फरक हो।अनि कसैको आर्जित त कसैको
जन्मजात। कसैको प्रतिभा भएर पनि नआउदै
उचित वातावरणको अभावमा बाल्यवस्थामै
प्रतिभाहरु निमोठिरहेका हुन्छन्।

मोरङ सिंहदेवी ६ समितेनका बुबा भीमबहादुर
लिम्बू र आमा चन्द्रमाया लिम्बूका कान्छा
छोरा तेह्र वर्षीय डीकलाल लिम्बू पनि एक
प्रतिभावान वालक हुन्।

कल्याणकारी मावि सिंहदेवीमा कक्षा ६मा
अध्ययनरत डीकलाल कुनै अभ्यास
विना मिठो स्वरमा गीत गाउन सक्छन्।

रेडियोमा गीत सुनेकै आधारमैं विभिन्न
कलाकारले गाउने गीत हु बहु गाउन सक्नु
 उनको आन्तरिक जन्मजात गुण (प्रतिभा)
भन्न सकिन्छ। उचित वातावरण र मन्च पाउने
हो भने पक्कै पनि उनको स्वर राष्टिय स्तरमा
चर्चित बन्न सक्छ।

गीत गाउन देखि बाहेक फुटबलमा पनि अत्यन्तै
रुचि छ डिकलालको तर भएर मात्र नहुने रहेछ
खेलमैंदानको अभाबमा आगन जस्तै बारीमा
मात्रै सिमित बन्न पुगेको छ उनको रुचि।

ग्रामीन परिबेशमा जन्मेका एकदमैं फुर्तिलो
डीकलाल पढाइमा भने कमजोर छन।
उचित घरायसी र सामाजिक वातावरण
अभावका कारन उनको पढाइको स्तरोन्नति
हुन नसकेको शिक्षकहरु बताउनु हुन्छ।

भविष्यमा गायक बन्ने सपना बोकेका
डीकलालछ लज्जालु स्वभावका कारन
विद्यालय र साथी भाईको सामु मात्र गीत
गाएको र कुनै प्रतियोगितामा भाग नलिएको
बताउछन।

उनको प्रतिभा विकासका लागि प्रोत्साहान उचित वातावरणको खाचो रहेको दाजु बलबीर लिम्बू
बताउछन्।कस्तुरीले आफ्नो सुगन्ध थाह नपाएर
भौतारिए झैं हामी पनि आफ्नो प्रतिभा चिन्न नसकेर
अल्मलि रहेका छौँ वास्तवमा बालकको प्रतिभा
चिनेर उचित मार्गनिर्देश गर्न सक्ने हो भने ग्रामीण
क्षेत्रका प्रतिभाहरु त्यतिकै ओइलिएर झर्ने थिएन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.