Websoft University

गणेश चोकमा बसको ठक्करबाट एक बृधाको मृत्यु


मोरङ, असोज ११ गते। रोशन पोखरेल-
मोरङको सुन्दरदुलारी-२ स्थीत गणेश चौकमा बसको ठक्करबाट आज एक बृधाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी इटहरी-४ बस्ने ८४ बर्षिया मनमाया ढकाल रहेकी छिन्। उनलाई पाँचथर फिदिमबाट धरानतर्फ जादै गरेको ना ४ ख ८२०२ नम्बरको बसले विहान ९;१५ बजे हिड्दै गर्दा उक्त स्थानमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी ढकालाई उपचारकोलागी न्युरो अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.