Websoft University

डिडिसीको दूधमा कोलिफर्म भेटियो ! उपभोक्ताहरू होसियार?



बिराटनगर, असोज ८ गते । डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)को पहिलो प्याकेटको दूध परीक्षण हुँँदा कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटियो । तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड रहन्छ ।

डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत  मात्रै भेटियो । तोस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ । 

चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको 
खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर 
गर्‍यो । तर, काठमाडौं प्रशासनले क्रमश: पााच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएकाछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.