Websoft University

अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने



असोज ८ विराटनगर,रोशन पोखरेल-
अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने भएको छ । विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ हुने भएको हो ।

स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता गर्न लागिएको जुनियर जेसीजका अध्यक्ष अविनास थापाले जानकारी दिनुभयो ।
१६ देखि ५० वर्ष उमेर समूहका सबै संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतले प्रतियोगितामा सहभागिता जनाउन सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार दौड प्रतियोगिता असोज १३ गते विहान ६ वजे न्युरो अस्पतालबाट शुरु भई ट्राफिक चौक हुँदै शहिद रंगशाला सम्म करिव ४ किलोमटिरको हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.