Websoft University

बस र कार ठोक्किंदा कार चालकको मृत्यु

रोशन पोखरेल-
असोज १० गते । मोरङको बेलबारी ३ मा आज दिउसो यात्रुबहाक बस र भारतीय नम्बर प्लेटको कार एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७५६१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ११ यु ३४२१ नम्बरको कार ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनु भयो ।

दुर्घटनामा कार पूर्ण रुपमा क्षति भएको छ । अहिले मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घटनास्थलमा भारतीय नागरिक विजयकुमार जैसवालको सवारी चालक अनुमति पत्र भेटिए पनि उनी मृतक हुन या हैनन् भन्ने बारेमा प्रष्ट भइनसकेको थापाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.