Websoft University

राष्ट्रबैंकले आजै बाट नयाँ नोट बाँडने

बिराटनगर, असोज  १० गते । नेपाल राष्ट्रबैंकले

बैंक तथा वित्तीय संस्थाहरुलाई दशैंका लागि आइतवारदेखि नयाँ नोट दिन शुरु गरेको छ । बैंकहरुले माग गरे अनुरुप नयाँ नोट उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई भने आज बाट नयाँ नोट उपलब्ध गराउने भएको छ । तर, बैंकले आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि भने आइतवारनै दिन थालिएको हो । बैंक तथा वित्तीय संस्थाले भने सोमवारबाटै नयाँ नोट वितरण गर्न शुरु गर्ने छन् । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट १४ गतेसम्म दिइने छ । यसैगरी सर्वसाधारणलाई भने १६ देखि २१ गतेसम्म वितरण गरिने छ ।

सर्वसाधारणलाई कुपन प्रणालीबाट नयाँ नोट वितरण गरिने छ । राष्ट्र बैंकले यस पटक एक जनालाई ३७ हजार रुपैयाँ सम्मका नयाँ नोट सबै ठाउ बाट उपलब्ध गराउने
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.