Websoft University
September 2016



बिराटनगर, असोज  १४ गते । मोरङको राजघाटमा वडा दशैं तथा शुभदिपावलीको पावन अवसर पारेर आज शुक्रवारबाट मोरंङको राजघाटमा अन्तर वडा स्तरीय नकाउट फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

राजघाट स्पोर्टिङ क्लवको आयोजनामा अरनिको उच्च माविको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ४ ले प्रतिस्पर्धा गर्नेछन् ।

खेलको विजेताले नगद २० हजार ट्रफि,प्रमाणपत्र मेडल र उपविजेताले नगद १२ हजार ट्रफि प्राप्त गर्ने आयोजक अध्यक्ष Ratan Mg ले बताउनुभयो ।

खेलको उद्घाटन प्रमुख अतिथी राजघाट गाविसका सचिव नबराज पराजुलीले गर्नेछन् ।


बिराटनगर, असोज १४ गते । मोेरंङ
कोशी हरै ३ बिराटचोक बस्ने बर्ष ३५ कि
मनिषा बस्नेतको घटनास्थलमै मृत्युु भएकोछ।

फलाम लोड गरेको भारतिय नम्बरको लहरिलेे
भृकुटी चोक छेउमा सडकमै ठकर दिदा
घटनास्थलमै निजको मृत्युु भएको हो।
गाडी प्रहरीले नियन्त्रणमा लि अनुसन्धान
सुरूगरेकोछ।



सुनसरी, असोज १४ गते । इटहरीको मेनचोक
केहिबेर देखि सफारी चालकहरूले जाम गरेका
छन्।

क्षेत्रीय ‍‍Trafik प्रहरीले राजमार्गमा सफारी चलाउन
नदए पछि इटहरी चोक चालकले बन्द गरेर  बिरोध
गरेका हुन।

इटहरी उपमहानगरपालिकाले धान्नैै नसकने गरि क्षेमता
भन्दा बढी खरिद अनुमति दिएकै कारणबाट हाल इटहरीका
चोकहरू सफारीले अस्तत ०यस्त पारेका हुन।


असोज १४ गते । काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा दशैैका लागि अग्रिम टिकट बुकिङ गर्न आउने यात्रुहरुको भिड । असोज ७ गतेबाट अग्रिम बुकिङ खोलिएपनि केहीदिन नबित्दै टिकट पाउन गाह्रो हुने यात्रुहरुको भनाइ छ । टिकट खरिदको लागि आउनेहरूको भिड घटेको छैन ।
२०७३/०६/१४ गते।
तस्वीर : सागर बस्नेत


असोज १३ विराटनगर रोशन पोखरेल
रमा प्रसाद— मायादेवि रिजाल पत्रकारिता पुरस्कार बाट मोरङ्गमा लामो समयदेखि पत्रकारिता गदै आउनुभएका नागरिक दैनिकका स्थानिय सम्पादक अजित तिवारी पुरस्कृत हुनुभएको छ ।

आज पत्रकार महासघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उहाँलाई सहरी विकाश मन्त्रि अर्जुन नरसिह के सी ले उहाँलाई नगद एघार हजार एक सय एघार सहित सम्मानपत्रले सम्मान गनुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गदै मन्त्रि केसीले देशको अग्रगामी विकाशमा पत्रकारहरुको भुमिका उल्लेखनिय रहेको र े बताउनुभयो । क्रियाशिल पत्रकार तिवारीले समाजको आवाज विहिनको आवाज आगामी दिनमा पनि अझ सशक्त रुपमा समेटने बताउनुभयो ।

एक फरक प्रसडगमा केसिले राजनैतिक रुपमा चाडै मदेशी जनताको आवाजलाई समेटेर दिगो संविधान का लागी आफुहरु प्रयासरत रहेको बताउनुभयो ।


असोज १३ विराटनगर,
अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा विराटनगरमा  खुल्ला दौड प्रतियोगिता गरिएको छ  । विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ले कार्यक्रमको आयोजना गरेको हो ।

स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता आयोजना गरेकाजुनियर जेसीजका अध्यक्ष अविनास थापाले जानकारी दिनुभयो ।१६ देखि ५० वर्ष उमेर समूहका सबै संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतले प्रतियोगितामा सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।

दौड आज  न्युरो अस्पतालबाट शुरु भई ट्राफिक चौक हुँदै शहिद रंगशाला सम्म करिव ४ किलोमटिरको भएको छ प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिएको उहाँले बताउनुभयो ।



बिराटनगर, असोज १३ गते । अनारको जुस गर्भवती महिला लाई पिलाउनाले पेटमा भएको बच्चा स्वास्थ्य जन्मिनुका साथै, वजन कम हुने समस्या देखि मुक्ति पाइदछ ।

दैनिक रुपमा अनार को सेवन गर्नाले हाम्रो सरिर मा हुने रक्त संचालन प्रक्रिया राम्रो संग हुन्छ।
अनारको सेवनले ब्रेस्ट,फोक्सोमा हुने क्यान्सर को सम्भावना लाई कम गर्छ ।

अनारको सेवन गर्नाले रगत मा हुने आइरन को मात्रा कम हुन दिदैन र एनिमिया जस्तो बिरामी।
 बाट मुक्ति दिलाउछ।अनार को सेवनले प्रोस्टेट क्यान्सर को सम्भावना  कम हुन्छ।

दैनिक रुपमा अनारको सेवन गर्नाले हृदयघात  हुनबाट बचाउछ।
अनार को सेवन गर्नाले छाला सम्बन्धी समस्या बाट मुक्ति पाउनु का साथै यसले हाम्रो छालालाई सुन्दर र चम्किलो बनाउदछ।

अनारको सेवन गर्ना ले दात र गिजा सम्बन्धी सबै समस्या बाट मुक्ति पाईदछ।दैनिक एक गिलास अनारको जुस पिउनाले  स्मरण शक्ति तेज बनाउदछ।
२०७३/०६/१३,


यो एभिन्यूज टेलिभिजनको संकेत हो, म प्रेम बानियाँ’
तपाईंका यिनै मिठासपूर्ण सब्दहरुमा आफ्नो भविष्य खोजेर मिडियामा प्रवेश गरेका थुप्रैमध्ये म पनि एक हुँ । म राम्रो पत्रकार बन्छु, राम्रो टेलिभिजनकर्मी बन्छु भन्दापनि म ‘प्रेम बानियाँ’ जस्तै बन्छु भन्नेहरुको लर्को लामै छ । र त्यो मध्ये म पनि एक पक्कै हुँ । अरु थुप्रै होलान् सायद !

एभिन्यूज टेलिभिजन, खबर भित्रको खबर, पावर न्यूज, रियल फेस, वा जय स्वाभिमानभन्दा पनि प्रेम बानियाँलाई नै हेर्नेहरु पनि कम थिएनन्, छैनन् । सटिक प्रस्तुती, कडा प्रश्न र स्वाभिमानका प्रति तपाईंले गर्ने टिप्पणीले धेरैलाइ नतमस्तक बनाएको थियो र छ पनि ।

देशमा केहि छैन, केहि भएन होइन, गर्नुपर्छ वा हुनुपर्छ भनेर टेलिभिजनका पर्दाहरुमा तपाईंले दिने संदेश पक्कै पनि खास थिए । तपाईंलाइ नै हेरेर स्वाभिमानको अर्थ बुझ्नेहरु धेरै थिए, छन् पनि ।

केहि बर्ष अगाडी तपाइंले लेख्नुभएको फेसबुक स्ट्याटस अझै याद छ प्रेम सर, ‘सके जागिर नखानु, नसके जागिर खानु, नसकेरै खाएको जागिर पनि खान नसकिने भइयो ।’ टेलिभिजनमा संकट देखिएका बेला आएको तपाइंको यस्तो स्याटसले प्रेम बानियाँ कुनै दिन पलायन हुन्छ भन्ने चर्चा पनि चलेकै थियो । र बर्षौं अघिको त्यो चर्चा आज सत्य सावित नै भयो ।

तपाईं अमेरिका हानिनुभयो । त्यसपछाडिका कारणहरु धेरै होलान् । तपाइंको व्यक्तिगत कारणहरु होलान्, पढाइ होला, पारिवारिक कारणहरु होलान् वा अरु केहि । तर प्रेम बानियाँजस्तो त नटिक्ने मिडियामा तँ के गर्छस् ? भनेर कसैले सोध्यो भने म के उत्तर दिउँ ? थाहा छैन ।

तपाइंको नेपाली टेलिभिजन क्षेत्रमा योगदान अतुलनीय छ, र रहनेछ भन्ने विश्वास पनि छ । त्यति धेरै भन्न मनपनि छैन । तपाईं अमेरिका हानिनुभयो भन्ने खबरले जति दुखी छु, त्यति मनमा उब्जिएको एउटा प्रश्नले सताईरहेको छ । ‘आखिर प्रेम बानियाँले देशसँग हार्यो वा नेपाली पत्रकारितासँग?’ के अभाव, दवाव, वा प्रभावसहितको पत्रकारितासँग प्रेम बानियाँ वाक्क दिक्क भएको हो ? के अरु प्रेम बानियाँहरुले पनि भोलिका दिनमा त्यसै गरी वाक्क दिक्क हुनुपर्ने हो ?

‘अव के प्रेम बानियाँलाइ देखेर नेपाली टेलिभिजनकर्ममा लागेकाहरुले विकल्प खोज्नुपर्ने भएको हो ?’
हो, कोहि विदेश जाँदैमा उसको स्वाभिमान गिर्दैन, गिरेको छैन। तर राष्ट्र, राष्ट्रियता र स्वाभिमान बुझ्न प्रेम बानियाँको ‘जय स्वाभिमान’ हेरेका पिढीहरुले अव के बुझछन् ? थाहा छैन ।

भन्ने मन धेरै थियो । तर पनि मन किन हो किन यति दुखी छ कि, अव लेख्न छोडेर दराजमा थन्क्याइएको पासपोर्टमा किरा लाग्यो कि भनेर हेर्ने मन पलायो । किनकि एउटै यहि प्रश्नले मनमा कता कता बिझाइरहेछ, ‘आखिर प्रेम बानियाँले देशसँग हार्यो वा नेपाली पत्रकारितासँग ?’
उही तपाइंको शुभचिन्तक टेलिभिजनकर्मी
(अर्थ सरोकारबाट साभार)
यो समाचार फेस बुकको वलमा हेरेर पढ्ने मोैकस
पाए।र मलाइ पनि भित्रैबाट मन छुएकाले मन थाम्न
सकिन ! जस्ताको तस्तै मेरो अनलाइन पत्रिकामा राखे
प्रेेम भाइ, नेपाल र नेपालीलाई नभुल्नु, अनि नरिसाउनु है ।
२०७३/०६/१३,
Tejendra Bhandari
Freelance
       &
   Editor
www.ratotara.com



असोज १२ गते, चितवन-
प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताउनुभयो ।

  मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।
 उहाँले संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको बताउनुभयो ।

इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उहाँको भनाइ थियो ।
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उहाँले बताउनुभयो ।

दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उहाँले बताउनुभयो ।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उहाँले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताउनुभयो ।


बिराटनगर, असोज  १२ गते । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ । विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो ।

विद्यालयको स्टिल दराज फोडेर त्यहाँभित्र राखिएको रकम चोरी भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । रकम चोरी भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको
छ ।


युवराज ठकुरी/सिंहदेवी, असोज १२ गते-
समेवा खोला र खदम खोलाको दोभानमा निर्माण हुँदै गरेको हाइड्रोपावरको संरचना।


जुन उत्तरी मोरङको विकट गाविस  सिंहदेवी ७मा अबस्थित छ।उक्त योजनाबाट १मेगावाटको बिजुली उत्पादनको लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।


बिराटनगर, असोज १२ गते । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताए । उनका अनुसार “दाम आउने बोट जरासितै मर्न थालेको छ,” “बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।”

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताए । माथिल्लो भेगको एक हजार ७०० देखि तीन हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर रु २४ लाख कमाएका किसानले यस वर्ष भाउ पाए पनि रु ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् । 

छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत छ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बन्दै गएका छन।


असोज ११ विराटनगर-
नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैया आज विहान करिव  ११ बजे अज्ञात समूहले लुटपाट गरेको हो ।

विराटनगरको बुधहाट चौकमा रहेको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । गाडी चालक चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको शिशा फुटाई रकम लुटेका थिए । विराटनगरको बुधहाट चौकमा रहेको बि प्लटमा अहिले पार्किङस्थल बनाइएको छ ।

सो स्थान विराटनगरको ब्यस्त भएकाले सो घटना घटनु आश्चर्य जनक भएको छ ।डेभलपमेन्ट बैङ्कले चालक र एक कर्मचारीसहित रकम जम्मा गर्न पठाएको थियो । यता प्रहरीले भने घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । चार्ड पर्व नजिकिएसँगै लुटपाटको घटना हुन नदिन प्रहरीले सतर्कता अपनाएको बताएपनि विराटनगरमा दिउँसै लुटपाट हुँदा सुरक्षा चुनौती बढेको छ ।


मोरङ, असोज ११ गते। रोशन पोखरेल-
मोरङको सुन्दरदुलारी-२ स्थीत गणेश चौकमा बसको ठक्करबाट आज एक बृधाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरी इटहरी-४ बस्ने ८४ बर्षिया मनमाया ढकाल रहेकी छिन्। उनलाई पाँचथर फिदिमबाट धरानतर्फ जादै गरेको ना ४ ख ८२०२ नम्बरको बसले विहान ९;१५ बजे हिड्दै गर्दा उक्त स्थानमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएकी ढकालाई उपचारकोलागी न्युरो अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।


बिराटनगर,असोज ११ गते । मालपोत कार्यायलय बिराटनगर मोरंङ मुद्धा फाटका मालपोत अधिकृत
मादव पोखरेल र तुलसी खतिवडाले दिएको जानकारी अनुसार, आ. ब. ०७२/०७३ को बार्षिक प्रतिबेदन अनुसार
साउन देखि अासाढ मसान्तसम्मको छुट जग्गा, नामसारी,
 संशोधन, दा.खा. हक दाबी, हाल साबिक, सरकार वादी,
 र स्ववासी दर्ता समेत एकमुष्ठ बिगतबाट सरेर आएको 
संख्या ६१, छन भने यो बर्ष सोही बिषयमा परेका ४८५३, मा थप गरि जम्म ४९१४ छन।

गत सालबाट आएका निबेदन ४१ र यो साल
निबेदन परेर फछ्र्यौटमा ४८००, छन।

मालपोत अधिकृत बिष्नु सिटौला,र कुमार
आचार्यले दिएको जानकारी अनुसार यो बर्ष ४८४१, निबेदनको कारवाही सकिएको छ भने, दुई साल नागेका २२ थान र ननागेका ५१ थान गरी अब ७३ थान बाकी रहेको जानकारी दिनु भयो ।


काठमाडौं, असोज ११ गते । चीनको सिमना जोडिएको नेपालको मुस्ताङ जिल्लामा एक स्कुलसहित थुप्रै विकास परियोजनाहरूमा लगानी गरेको भन्दै भारतीय अनलाइनहरूले हिजो र अस्तीको संस्करणहरूमा समाचार प्रकाशित गरेका छन् । उनीहरूले समाचारमा चीनको तिब्बतसँग सीमा जोडिएको नेपालका कतिपय जिल्लामा भारतले विकास परियोजनाहरू चलाएको भन्दै समाचार सम्प्रेषण गरेका हुन् । 

मुस्ताङको लोमाथाङ्क, तुकुचे, कागबेनी र झारकोटमा भारतीय अनुदानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले पाँच दिनको भ्रमणका क्रममा उद्घाटन गरेको उल्लेख छ । तराईका जिल्लाहरूमा आफना शाखा खोलेर रअका मानिसलाई तलव खुवाउने र  विकास परियोजनाका लागि केही सहयोग गर्दै आएको भारतले अब चीनको निगरानी  बढाउन उतरी सिमना तिर लागेको जनताले भनेका छन।

चीन–नेपाल सम्बन्ध सुध्रिन थालेपछि चीनसँग सीमा जोडिएका जिल्लाहरूमा जासुसीका लागि रणनैतिक रुपमा विकासको नामले सहयोग दिन थालेको हो जनताले  भनेका छन । 

चीनको प्रभाव नेपालमा हुन नदिन र भारतीय प्राभव कायम गर्न उनले भारतीय परियोजना चीनको  सीमना तिर लगेर आयोजनामा जुठो लगाएर
छाडने गरेकोआरोप पनि लगाइएको छ।  भारतिय राजदुतको यो दकमलाई असोभाबिक भनेका छन। कुटनीतिक जानकारहरूले नेपाल–चीन सम्बन्धम विस्तार बिथोल्ने परिणामका रुपमा लिएका छन् । 

अब राजदुत लाई चिनकोनिगरानी बढाउन नेपालको भूमि प्रयोग गरेर चीनको सीमना सम्म जान आउन उनलाई सजिलो भाकोछ। अहिले भारतिय राजदुतलाइ नेपालको जुनसुकै ठाउमा जान आउन आफ्ना कार्यायालय खोलन सरकारले अनुमति दिएको छ, यो गलत हो प्रचड लाई जनताले भनेका छन।



युवराज ठकुरी-
असोज १० गते । खोर्साने,केराबारी,सिंहदेवी जाने कच्ची मोटर बाटो जोखिम युक्त छ।

उत्तरी मोरङको सिंहदेवीमा अबस्थित बत्तिसजुरे(दारेअकर भिर)को एक दृश्य।

रोशन पोखरेल-
असोज १० गते । मोरङको बेलबारी ३ मा आज दिउसो यात्रुबहाक बस र भारतीय नम्बर प्लेटको कार एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ७५६१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ११ यु ३४२१ नम्बरको कार ठोक्किंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनु भयो ।

दुर्घटनामा कार पूर्ण रुपमा क्षति भएको छ । अहिले मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घटनास्थलमा भारतीय नागरिक विजयकुमार जैसवालको सवारी चालक अनुमति पत्र भेटिए पनि उनी मृतक हुन या हैनन् भन्ने बारेमा प्रष्ट भइनसकेको थापाले बताउनु भयो ।

बिराटनगर, असोज  १० गते । नेपाल राष्ट्रबैंकले

बैंक तथा वित्तीय संस्थाहरुलाई दशैंका लागि आइतवारदेखि नयाँ नोट दिन शुरु गरेको छ । बैंकहरुले माग गरे अनुरुप नयाँ नोट उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई भने आज बाट नयाँ नोट उपलब्ध गराउने भएको छ । तर, बैंकले आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि भने आइतवारनै दिन थालिएको हो । बैंक तथा वित्तीय संस्थाले भने सोमवारबाटै नयाँ नोट वितरण गर्न शुरु गर्ने छन् । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट १४ गतेसम्म दिइने छ । यसैगरी सर्वसाधारणलाई भने १६ देखि २१ गतेसम्म वितरण गरिने छ ।

सर्वसाधारणलाई कुपन प्रणालीबाट नयाँ नोट वितरण गरिने छ । राष्ट्र बैंकले यस पटक एक जनालाई ३७ हजार रुपैयाँ सम्मका नयाँ नोट सबै ठाउ बाट उपलब्ध गराउने
छ ।



 युवराज ठकुरी/सिंहदेवी,मोरङ,असोज ९ गते ।
 हाम्रो संविधान हाम्रै लोकतन्त्र भन्ने मुलनाराका साथ सिंहदेवी,मोरङमा संविधान सम्बन्धि नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
 
 नागरिक संवाद केन्द्र,धनकुटाको आयोजना र नेपाल कानुन समाजको प्रायोजनमा भएको उक्त कार्यक्रम सिंहदेवी गाविसको सभाहलमा भएको थियो ।

अघिल्ला दिनहरुमा विभिन्न अवरोधका कारण मतदाता नामवली सङ्कलनले पुर्णता नपाएको कारण पनि सिंहदेवीमा संविधानको महत्त्वको बारेमा चर्चा गरिएको सहजकर्ता छिरिङ शेर्पाले बताउनुभयो।

               नागरिक संवादमा विद्यालयका प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि लगायत 40/50जनाको उपस्तिथि रहेको थियो।कार्यक्रममा सहजीकरणको भुमिका सस्थाका तर्फबाट नरेश श्रेष्ठ र छिरिङ शेर्पाले गर्नुभएको
थियो ।

अन्त्यमा स्थानीयका तर्फबाट विद्यालयका तर्फबाट वसन्तकुमार खाण ठकुरी,महिलाको तर्फबाट कुमारी
खड्का र राजनैतिक दलका तर्फबाट खड्गबहादुर ठकुरीले संविधानका विषयमा आआफ्ना धारणा राखेका थिए।



असोज ९ रोशन पोखरेल,
विराटनगर १५ स्थित केशेलिया रोडमा एक नवजात शिशुको शव आज विहान फेला परेको छ । आज विहान करिव १० वजेको समयमा नालीबाट सो शव वगेर आएको अवस्थामा शव फेला परेको स्थानिय वासिन्दाले बताएका छन ।

अवैध गर्भ पतन गराई फालिएको हुन सक्ने अनुमान स्थानियले गरेका छन । घटनाको जानकारी सम्बन्धमा प्रहरी बाट अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयले मोरंङ ले बताएको छ । शिशुको शवलाई प्रहरीले पोषमाटमको लागि लगेको हो ।



असोज ९ गते । रोशन पोखरेल,
निरन्तर  १२ घन्टाभन्दा लामो समयदेखि परेको वर्षाका कारण विराटनगर लगायत आसपासको क्षेत्र जलमग्न भएकोछ। विराटनगर उपमहानगरपालिकाका अधिकाशं भागमा डुवान भएको छ ।

देवकोटा चौक, विराटनगर बसपार्क, रोडशेष चौक पोखरिया,आयल निगम चौक,ठूलोमिल चोक, हस्पिटल चोक डुबानमा परेका छन् । साथै मेनरोड विराटनगर र कोशी  राजमार्गको शिवमन्दिर नजिकै  एनसेल सेन्टर अगाडि पानी जम्दा  सवारी आवत जावतमा पनि कठिनाई भएकोछ।


विराटनगरमा पानीको उचित निकास नहुँदा वर्षेनी नगरबासीले हैरानी खेप्दै आएका छन । बर्षाका कारण मोरंगका उत्तरी भेगसमेत जलमग्न भएका छन् ।सिंघिया र केशलिया खोलामा बाढी आएको छ । साथै मधुमारामा रहेको सुकुम्वासी वस्तिमा पानी पसेको स्थानिय वासीले जानकारी दिएकाछ।

अविरल परेको वर्षाका कारण सुकुम्वासी वस्ति डुवानमा परेकाले सुरक्षित स्थानमा वस्नको लागी मोरङ्ग प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।




असोज ९ गते । हिजो रातिदेखि देखि परेको पानी आज बिहान९.३० सम्म पनि रोकिएको छैन् । बिराटनगरमा
लगातार परिरहेको पानीले ठाउ ठाउमा पानी भरिन
थालिसकेकोछ। मानिसहरूको चहल पहल कम छ।
पानी परेपछि लोै हेर्नुस् त बिराटनगरको अबस्था ।



असोज ९ गते । दसैं नजिकिदै गर्दा बिराटनगरका
फेन्सी पसल,कपडा दोकानमा किन मेलको लागि
 ग्रााकको भिड बढन थाले कोछ। मेनरोडको फेन्सी
पसलमा दसैंको लागि ग्रााकहरूले हिजो लुगा हेर्दै गरेको
 भिड ।

बिराटनगर, असोज  ९ गते । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ। नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ।

यो खबर हामीले हिजोको नेपाल समाचार पत्र दैनिकबाट लिएका हो। चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भए गरेका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए।

‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको कुरा बताएकोछ ।




बिराटनगर, असोज ८ गते । नेपाल पञ्चांग निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान
आठ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।

बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए।

उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उनले बताए। अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि पश्चिम नेपालको धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ।

आउँदो १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी
र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ। 

 

विराटनगर असोज ८ गते। रोशन पोखरेल-

अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा असोज १४ गते  लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने सो  नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय र बहु आयामिक सुप्रशिद्ध  मानिन्छ ।

असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम आयोजना गरिने  आयोजक समितिका सदस्य रेणु तोदीले  बताउनुभयो  ।

उक्त कार्यक्रममा भारतीय ब्याण्डबाट सांगीतिक कार्यक्रम साथै विभिन्न खालका खानाका परिकारका स्टलहरु समत राखिने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित मध्ये भाग्यमानी व्यक्तिले बिभिन्न पुरस्कार समेत प्राप्त गर्ने उहाँले बताउनुभयो  । साथै अग्रवाल महिला मञ्चले हरेक वर्ष दशैको अवसरमा यस्तै किसिमको सास्कृतिक कार्यक्रम गदै आएको उहाँले बताउनुभयो ।

यस्ता सास्कृतिक पर्वले आपसी रुपमा मित्रता र सहयोगको साथै जमधटको रुपमा स्थापित हुने मा उहाँको भनाइ रहेको
छ । दशैको वेलामा गरिने सो कार्यक्रमको लागी अहिले प्रचार प्रसार कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।



असोज ८ विराटनगर,रोशन पोखरेल-
अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने भएको छ । विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ हुने भएको हो ।

स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता गर्न लागिएको जुनियर जेसीजका अध्यक्ष अविनास थापाले जानकारी दिनुभयो ।
१६ देखि ५० वर्ष उमेर समूहका सबै संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतले प्रतियोगितामा सहभागिता जनाउन सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार दौड प्रतियोगिता असोज १३ गते विहान ६ वजे न्युरो अस्पतालबाट शुरु भई ट्राफिक चौक हुँदै शहिद रंगशाला सम्म करिव ४ किलोमटिरको हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताईएको छ ।



बिराटनगर, असोज ८ गते । डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)को पहिलो प्याकेटको दूध परीक्षण हुँँदा कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटियो । तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड रहन्छ ।

डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत  मात्रै भेटियो । तोस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ । 

चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको 
खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर 
गर्‍यो । तर, काठमाडौं प्रशासनले क्रमश: पााच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएकाछन् । 



बिराटनगर, असोज  ८ गते । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिए ।

रोशन  पोखरेल-
बिराटनगर, असोज ७ गते । भारतका प्रख्यात सायर विराटनगरमा  राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा आज हुँदैछ ।  कौमी एकता समाज विराटनगरको आयोजनमा हुन लागेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुको सहभागीता रहने छ । भारतका चर्चित कवि कवयत्री सुप्रिया सबनम,अकमल बलरामपुरी, चान्दनी सबनम , रेहमान मुसविर संगै नेपालका सिमा अभास तथा मैथली भाषा सहित संस्कृतिक क्षेत्रमा अनवरत रुपमा लागेका प्रविण नारायण चौधरीको सहभागिता रहने छ ।

कार्यक्रम संयोजक जफर अहमद जमालीका अनुसार करिव दुई दर्जन अन्तर्रा्ष्ट्रिय स्तरका कविसहित स्थानीय कलाकारको प्रस्तुति हुने छ । कार्यक्रममा समाजिक क्षेत्रमा योग्दान पुर्याउने करिव आधा दर्जनलाई समान समेत गरिने छ । कार्यक्रम शुक्रवार ७ बजेदेखि विराटनगरको बुधहाट चौकमा हुने बताइएको छ ।


 बिराटनगर,असोज ७  गते । रोशन पोखरेलबाट,
मोरङ बिराटनगर२१ स्थीत भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । शसस्त्र प्रहरीको सिमा सुरक्षा बलबाट खटिएको टोलीले सुनसरी धरान १२ बस्ने २६ बर्षिय सबिन विश्वकर्माको साथबाट लागुऔषध डाईजेल्याब १८ एम्पुल, एभिल १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल बरामद गरेको हो ।

अपरान्ह ४ बजेतिर भारतको जोगवनिबाट बिराटनगरतर्फ पैदल आउदै गर्दा उनलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका विश्वकार्मालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।



सुर्खेत,असोज ७ गते  वीरेन्द्रनगर ११ चनौटेकी भगवति पौडेलले व्यवसायिक रुपमा च्याउ खेति गर्न लागेको २ वर्ष भयो । भगवति च्याउ खेति गर्ने एक्ली भने होइन् । उनको समुहमा ४ जनाको समुह छ । 

घरको कामसंगसंगै भगवतिसंग रत्ना खनाल, धनसरी खत्री र रत्ना सोमइले सामुहिक रुपमा च्याउ खेति गरिरहेकी छन् । च्याउ खेतिबाट राम्रो आम्दानि गरिरहेको उनीहरु बताउ“छनु । ‘च्याउ खेति गर्दा धेरै समय दिनु पर्दैन् थोरै मेहनतमा भए पनि पुग्छ’ भगवतिले भनिन्, ‘‘हामीले अलिकति बचेको समयलाई सदुप्रयोग गरे सामुहिक रुपमा च्याउ खेति गरिरहेका छौ“ ।’ जिल्ला कृषि विकास कार्यालय अनुदानमा च्याउको बिउ दिए पछि उनीहरुले सामुहिक रुपमा च्याउ खेति गर्न लागेका हुन । भगवतिले अघिल्लो वर्ष युवा लक्षित कार्यक्रमबाट च्याउखेति गरेकी थिइन् ।  

यस्तै लाटीकोइलीका सुकराम चौधरीले पनि व्यवसायिक रुपमा च्याउ खेति गर्न लागेको करिब सात वर्ष भयो । उनले च्याउको एक सिजनमा करिब ५० हजार आम्दानि गरेको बताए । ‘च्याउले बजार पनि राम्रो पाउ“छ आम्दानि पनि राम्रै हुन्छ’ उनले भने, ‘अहिले कृषिले अनुदानपनि दिइरहेको छ, मेहनत भए आम्दानी राम्रोसंग हुन्छ ।

जिल्लामा विकास कार्यालयले कृृषकहरुलाई अनुदानमा च्याउको बिउ दिन थाले पछि र छोटो समयमा उत्पादन हुने भए पछि कृषकहरु पछिल्लो समय च्याउ खेतिमा आर्कषित भएका छन् । अहिले च्याउ खेतिको दुई लटसमेतको च्याउ विक्रि गरेर ३० हजार आम्दानी गरेको रत्ना खरालले बताइन् । ‘सानोसानो व्यवसाय गरेर घरमा रोजगारी सृजना गरिएको छ’ उनले  भनिन्, ‘घर खर्च र बचत गर्नका लागि कृषि पेशाबाट पुग्छ ।’ उनले घरमा समय खेर फालेर बस्नु भन्दा केही पेशा व्यावसायमा लाग्नुपर्ने बताइन् ।  

जिल्ला कृषि विकास कार्यालयले च्याउ खेतिका लागि जिल्लामा करिब ७ सय कृषकलाई च्याउको बिउ अनुदानमा वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बिजयकुमार गिरीका अनुसार ५० प्रतिशत अनुदानमा पा“च हजार पा“चसय प्याकेट च्याउको बिउ वितरण गरिएको छ । ‘अहिले च्याउ  खेति गर्नका लागि कृषकहरुबाट विउको माग भइरहेको छ’ अधिकृत गिरीले भने, ‘पछिल्लो समय च्याउ खेतिमा कृषकहरुको आर्कषण बढ्दै गइरहेको छ ।

उनले युवा लक्षित कार्यक्रम अन्तरगत च्याउ खेतिका लागि यस वर्ष पनि ५५ जना युवाहरुलाई ४० हजारका दरले अनुदान दिने बताए ।  युवा लक्षित कार्यक्रमका लागि दुईसय ११ जनाले निवेदन दिएको बताए । ‘च्याउ खेतिका लागि भनेर युवा लक्षित कार्यक्रम अन्तरगत दुईसय 
११ जना युवाहरुले निवेदन दिनु भएको छ ’ उनले भने ‘हामीले यसबाट छनोट गरेर ५५ जनालाई ४० हजारका दरले अनुदान दिन्छौ।
कृषि अनलाइन बाट


काठमाडौं, असोज ६ गते । भारतले वर्षदिनअघि नेपालमा लगाएको आठ महिना लामो नाकाबन्दीपछि एउटै देशसँगको परनिर्भरता हटाउन जनताको दबाब बढे पनि त्यसतर्फ सरकार र सरकारी निकायले कुनै काम गरेन। 

संविधानसभाबाट नयाँ संविधान जारी भएको दुई दिनपछि २०७२ असोज ५ बाट भारतले मधेसी दलको असन्तुष्टिको निहुँमा अघोषित नाकाबन्दी लगाएर भारतले नेपाली जनतालाइ ठुुलै पीडा दिएको थियो, ती दिनहरूले कहिले पनि भुल्नेे छैनन् ।

त्यसैले पनि होला जनता भारतको कुरा सुन्न पनि मान्दैनन्। तर नेपालका नेता र सरकारले भारतसँग परनिर्भरताको स्पष्ट विकल्प खोज्नेतर्फ ध्यानै नदिको भन्दै यसबेला नेपाली जनता नेताहरू देखि आक्रोसित भएकाछन।

देशको समस्या समाधान गर्ने र विकल्प खोज्नेतर्फ सरकार 
र राजनीतिक दललाई जनताले सचेत गराइरहेकाछन।
नेता र सरकारले जनताको कुरामा ध्यान नदिदा संविधान कार्यान्वयनमा समेत जटिलता आउन सकनेछ। 

 मुलुक र जनताले भारतकै कारण नोक्सान सहनुपरेको छ तर पनि सरकार भारतिर लम पसार हुँदै रहदा यसबेला जनता झन सरकार बिरोधि भएकाछन, यो राम्रो कुरा होइन।
सरकारले परनिर्भरता हटाउन छिटो पहल गरे सबैको भलो हुनेछ।

बिराटनगर, असोज ६ गते । नेपाल भित्र तीनवटा कम्पनीले सिलिन्डर उत्पादन गर्छन्–एरोटेक, नेपाल सिलिन्डर र गृह लक्ष्मी । यस्तै, ५५ वटा ग्यास कम्पनी छन् । सिलिन्डर उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको सिलिन्डर मूल्य पनि फरक रहेको बताउँदै आएका छन् । अब सरकारले सबै उत्पापादित खाना पकाउने ग्याँस  सिलिन्डरको मुल्यय एउटै बनाउने भएकोछ। कम्पनीले मनपरि दाम राखन पाउने छैनन् ।



बिराटनगर, असोज ५  गते । रोशन पोखरेल-
लगातारको परेको वर्षाका कारण मोरङको इटहरा ३ मा बक्राहा खोलाले  बाँध फुटाएर गाउँ पसेपछी पुरै गाउँ डुबानमा परेको छ । उद्धारमा बाधमा पानी ओभर फो भएर कठिनाई भएको प्रहरी चौकी इटहराका प्रहरी सहायक निरिक्षक सिताराम भण्डारीले जानकारी दिनुभयो ।

मोरडको मधुमल्ला लगायतका  स्थानियबासीहरु उद्धारको पर्खाईमा रहेको सिजुवा प्रहरी जवान विनोद परियारले  जानकारी दिनुभयो ।

साथै  सिजुवा प्रहरीले उक्त स्थानमा एक टोलि परिचालन गरिएको र सुुरक्षित स्थानमा सर्वसाधारण लाई स्थानान्तरण गर्नका लागी आफुहरु लागी परेको उहाँले जानकारी दिनुभएकोछ । हाल सम्म कुनै मानविय क्षति भने नभएको बताइएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.