Websoft University

संबिधान संशोधन नहुने-चर्काचर्की भएपछि विना निष्कर्ष बैठक टुङ्गियो।




काठमाडौं,भाद्र १४ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्धारण र संविधान संशोधनका सम्बन्धमा छलफलका लागि बोलाएको तीन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएपछि विना निष्कर्ष टुङ्गिएको छ । 
दुई जनाबीच संविधान संशोधनका विषयमा विदेशीसंग छलफल गरेको विषयलाई लिएर चर्काचर्की भएको हो । नयाँ सरकार बनेपछि एमालेले सत्तारुढ दलका नेताहरुसंग छलफल गरेको यो पहिलो पटक हो ।
रावलका अनुसार आफ्नो प्रश्नमा हालै प्रधानमन्त्रीको दूतको रुपमा भारत भ्रमण गरेका निधिले सरकारले गर्न लागेको विषयमा अरुलाई पनि जानकारी दिन सकिने उल्लेख गर्दै विगतमा संविधान निर्माणका क्रममा कति दलले विदेशबाट संविधानको मस्यौदा
 नै ल्याएको, कति पार्टी, संस्था र व्यक्तिले संविधान बनाउने भनेर ‘फण्डिङ’ ल्याएको बताएका थिए ।

‘यसमा मैले कुन पार्टी, कुन संस्था र कुन व्यक्तिले संविधानको मस्यौदा र  फण्डिल ल्याएको प्रमाणसहित सार्वजनिक गर्न भनेको हुँ’ रावलले 
भने । रावल र निधिबिचको सवालजवाफ चर्काचर्कीमा वदलिन थालेपछि प्रधानमन्त्री दाहालले हस्ताक्षेप गरेको बताइएको छ । 
रावलका अनुसार सुरुमा प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्धारण र संविधान संशोधनमा सबै जना मिलेर जानु आवश्यक हुने भन्दै संवादको सुरुवात गरेका थिए । एमालेका नेताहरुले भने यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले स्थानीय निकाय निर्धारण आयोगलाई दिएको मापदण्ड फेर्न खोजेको हो की भन्ने आशंका व्यक्त गरेका थिए । साथै आयोगलाई काम गर्न दिनु पर्ने अडान राखेका थिए । 
संविधान संशोधनको सम्बन्धमा पनि किन, कस्कालागि र के संशोधन गर्ने हो त्यो स्पष्ट हुनुपर्ने नभएकाले संशोधन हुदैन,एमाले नेताहरुको भनाई थियो । 
त्यसैगरी सत्तारुढ दलको तर्फबाट आर्थिक विधेयकहरु निर्माण तथा पारितका लागि पूर्व अर्थमन्त्रीसमेत रहेको समिति बनाउने प्रस्ताव गरेको थियो । त्यसको जवाफमा एमाले नेताहरुले यअघि सरकार निर्माणको क्रममा ति विधेयकहरु संसदमा अस्वीकृत गरिएकाले पहिला त्यसको जवाफ दिनुपर्ने, गल्ती भएको महशुस भएको होभने गल्ती भयो भनेर स्वीकार गर्नुपर्ने अन्यथा आफ्नो पार्टीको तर्फबाट कोही पनि समितिमा नबस्ने बताएका थिए । 
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा, कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, पूर्णबहादुर खड्का, उपप्रधान एवं गृह मन्त्री निधि र सहरी विकास मन्त्री अर्जुननरसिंह केसी सहभागी थिएभने एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, उपाध्यक्ष रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी थिए । कान्तिपुरअनलाइनबाट
२०७३/०५/१४ गते

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.