Websoft University

बिधुत प्रसारण लाइनको काम दसैं अगावै सम्पन्न हुने


काठमाडौं, भदोै ११ गते ।  खिम्ती–ढल्केबर प्रसारण लाइन आगामीडेढ महीनाभित्र सम्पन्नहुने भएकोछ ।ऊर्जामन्त्रीजनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसै अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाएका छन् । 

सिन्धुलीको कमलामाई नगरपालिका– ९ र भद्रकाली गाविसकोबीचमा तीन ओटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल करीब सय  मजदुर परिचालित 
छन् ।  

ऊर्जामन्त्री शर्माले प्रसारण लाइन सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणलाई सधै घाटामा पार्ने प्रवृत्ति अन्त्य गर्न मन्त्री शर्माले निर्देशन दिएका छन् । समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रु पावर’ ट्रान्समिशन र ‘मुडभरी एण्ड जेभी’लाई मासिक रू. ११ लाख हर्जना तिर्दै आएको छ ।

 सन् २०११ देखि हालसम्म प्राधिकरणले बैङ्क ग्यारेण्टी, बीमा, सामान भण्डारण शुल्कबापत  रू. ६ करोड ६० लाख तिरिसकेको छ । 

मुआब्जालगायतका विषयमा विवाद उत्पन्न भएपछि स्थगित रहेको सो प्रसारण लाइन सरकारले पछिल्लोपटकसुरक्षाकर्मी परिचालन गरेर निर्माण शुरु गरेको छ । विश्व बैङ्कको रू. दुई अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा सन् २००६ मा शुरु भएको सो आयोजना सन् २०१० मा सम्पन्न हुनुपर्ने थियो । सिन्धुलीमा पर्ने छओटा टावरमा लामो समयदेखि विवाद रहँदै आएको थियो ।

सो प्रसारण लाइन सम्पन्न भएपछि बर्सेनि रू. एक अर्ब प्राधिकरणलाई फाइदा पुग्नेछ । विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेरगइरहेको छ । करीब ७३ किलोमिटर दूरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौं भरतपुर हुँदै तराई जोड्ने २५० किलोमिटर लामो दूरी पार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक रू. एक अर्ब बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौतीको समयमा आधा घण्टा कम हुने विश्वास लिइएको छ । यस्तै प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न पाइएको छैन । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युत् समेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण शुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करीब ५५८ मेगावाट विद्युत् प्रवाह हुनेछ । प्रसारण लाइन दोलखाको सहरे गाविसबाट शुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस  हुँदै  धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिने छ ।

यस आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित हुने देखिन्छ । आयोजनाको कुल लम्बाइ ७३ किमी क्षेत्रमा १५÷१५  मिटर दायाँ र बायाँको प्रसारण लाइन अधिकार क्षेत्र रहेको छ । सो आयोजनाअन्तगत २३० टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा हालसम्म २ सय २६ ओटा टावर निर्माण भइसकेका छन् । बाँकी चार टावर दसै अगावै सम्पन्न हुनेछ ।
विश्व बैङ्क, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि भारतबाट आयात गरिएको विद्युत् सहज रुपमा काठमाडौं ल्याउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताए ।रासस
२०७३/०५/११ गते

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.