Websoft University

इलाम बिर्साउने चियाबारी मोरङमै


 युवराज ठकुरी/सिंहदेवी,मोरङ-भदोै ८ गते । 
 मोरङ जिल्ला सिंहदेवीको पर्यटकीय क्षेत्र जेफालेको फेदी बिहिवारे बजारदेखी १०/१५मिनेट तल झरे पछि एउटा चियाबारीको दृश्यले पर्यटकहरुलाई इलामको झल्को दिलाउछ।
मोरङ जिल्लाकोम अत्यन्तै दुर्गम गाउँ सिंहदेवीमा नारायणप्रसाद राइले २०५५ सालदेखि सुरु गरेको चिया खेती अहिले आएर व्यावसायिक भइ त्यस क्षेत्रकै आकर्षणको रुपमा स्थापित हुनपुगेको छ।
        सिंहदेवीमा विकासको गतिविधि केही नभएको बेलामा राईले ५० रोपनीमा चिया खेतीको सुरुवात गर्दै अहिले दुई सय पचास रोपनीमा बिस्तार गरिसकेका छन् ।त्यतिबेला न कसैको व्यावसायिक खेती गर्ने सोचाइ थियो,न कसैले सुरुवात नै गरेका थिए।मोरङमा पनि चिया खेती हुन्छ र भन्ने धेरैको आशङ्कालाई तोड्दै चिया खेतीमा वैदेशिक रोजगार ओमनमा पुगेर ११ वर्ष कमाएको रकम चियाखेतीमा खर्च गरेको राई बताउछन् ।
राईकि पत्नी बिना खजुम भन्छिन-"शुरुका दिनमा चिया रोप्दा धेरैले हासेर उडाए।धेरैले सुख छोडेर दु:ख खोज्न आएका भने तर हाम्रो निरन्तरको मिहिनेतले अहिले सफल भएका छौ।"
राईले मातृभुमी टि स्टेट नामक कम्पनी नै दर्ता गरेर वार्षिक ३ हजार केजी सम्म ग्रीन टी उत्पादन गरिरहेका छ्न।पछिल्लो समय सिंहदेवीमा विधुत विस्तार भए पछि प्रशोधन मेसिन राखेर प्रशोधित ग्रीन टीको माग दिनानुदिन बढिरहेको छ।
चियाबगानमा हाल ३०/३५ जनालाई रोजगार समेत पाएका छ्न भने जेफाले पर्यटन क्षेत्रको समेत आकर्षण बढाएको छ।जेफाले भ्युटावर,होमस्टे आउने पर्यटक चियाबगान ननिस्की कहिल्लै फर्कदैनन।२०७१ मा चिया उधममा लागेका राईलाई सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत गर्यो।थुप्रै सङ्घ सस्थाहरुले उदाहरणीय व्यक्तित्वकारुपमा सम्मान गरिरहेका छन।  चियाखेतीकै शिलशिलामा भर्खरै चिनको भर्मण गरेर नेपाल फर्किए। यसले गर्दा थप जिम्मेवारी थपिएको राई बताउछन।
राई दम्पतिको उदाहरणीय काम देखेर स्थानीय डगलसिङ राई,बुद्दमान राई र नगेन्द्रकुमार खाण ठकुरीले पनि आफ्नो पाखोबारीमा चिया खेती गर्न थालेका छन।चिया खेतीले व्यावसायिक खेतीको सुरुवात मात्रै गरेको नभएर यसले सिङ्गो मोरङ र जेफाले पर्यटन क्षेत्रकै आकर्षण गरेको होम स्टेका सचिव भीम ठकुरीले बताए।
२०७३/०५/८ गते अंक-५४

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.