Websoft University

पर्यटकीय गन्तव्य बन्दै मोरङको जेफाले।


युवराज ठकुरी/सिंहदेवी,मोरङ
बिस्तारै उत्तरी मोरङ सिंहदेवीमा अबस्थित
जेफाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा
बिकास हुँदै गएको छ।
मोरङमै इलाम बिर्साउने चियाबगान र
धनकुटाको भेडेटार बिर्साउने भ्यु टावर र मौसम
भएकाले जेफालेमा आन्तरिक पर्यटनहरु भित्रिन
थालेका छन।
समुन्द्री सतहबाट एक हजार नौ सय सत्तरी
मिटर उचाईमा रहेको जेफाले डाडा मोरङ र
धनकुटाको सीमा अबस्थित छ।
पर्यटकिय विकासलाई थप व्यबस्थित र
सुबिधाजनक बनाउन पछिल्लो समय पाँच वटा
घरमा होमस्टेको सुरुवात र जेफाले डाडामा
निर्माण गरिएको भ्यु टावरले पर्यटकहरुमा थप
आकर्षण थपेको होमस्टेका सचिब भिम ठकुरीले
बताए।
त्यहाँका आकर्षणहरु
जेफाले डाडाबाट पुर्वका १६ वटै जिल्ला साथै
सुर्योदय,सुर्यास्त विभिन्न हिमशृङ्खला देख्न
सकिनुका साथै तराईका सुन्दर फाटहरुको
दृश्यावलोकन गर्न सकिन्छ।
चिया उधमी नारायणप्रसाद राईको
चियाबगानले थप सौन्दर्यता थपेको छ।काफले
डाडामा पाथीभरा मन्दिर,एतिहासिक
किम्बदन्ती रहेको तीनचाने ढुङ्गा,जेफाले
डाडामा शीबपार्वतीको मन्दिर र खदम र
समेवा खोलामा निर्माण हुँदै गरेको मिनी
हाईड्रो पावर रहेका छन् ।
त्यहाँ पुग्नका लागि
महेन्द्र राजमार्गमा पर्ने खोर्साने देखि लगभग
३८कि.मि. उत्तर पुर्व ५/३वटा डाडा काट्दै
जोखिमपूर्ण यात्रा गरेपछी ४ घन्टामा
सिंहदेवीको जेफाले पुग्न सकिन्छ।
कुल ७२ लाखको लागतमा निर्माण गरिएको
४५ फिट अग्लो चार तले भ्यु टावर १ हजार ९ सय
७० मिटर उचाईमा रहेको छ।जिबिस मोरङको
३६ लाख ५० हजार,धनकुटा जिविसको
५ लाख,पर्यटन कार्यालय काकरभिट्टाबाट
रु२१ लाख र जनश्रमदानबाट भ्यु टावर निर्माण
गरिएको अध्यक्ष डिल्लीराम शर्मा
अधिकारीले बताए।
एक भव्री कार्यक्रमका बीच पर्यटन तथा
नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले
जेफाले भ्यु टावर र जेफाले होमस्टेको जेठमा एकै
साथ उद्घाटन गरेका थिए।
तराईको चर्को गर्मीमा समेत सदाबाहर चिसो
भइरहने जेफालेको मौसमले आन्तरिक पर्यटकलाई
लोभ्याएको छ।
मोरङ भएर पनि भौगोलिक विकटताका कारण
यात्रामा कठिनाइ भएपनी सडकको
स्तरोन्नति,सन्चार र सुरक्षाको राम्रो
व्यवस्था गर्नसके जेफाले पुर्वको पर्यटकीय
केन्द्रको रुपमा विकास हुनेछ।
२०७३/०५/७, अंक-५३,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.