Websoft University

महराको चीन भ्रमण औपचारिक भन्दा अनौपचारिक भेटघाटमा सिमित।

बिराटनगर, भदोै ३ गते । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणका क्रममा आपसी सम्बन्धलाई सुमधुर र घनिष्ठ बनाउन औपचारिकभन्दा अनौपचारिक भेटघाट र कूटनीतिलाई महत्त्व दिइरहेको बुझिएको छ । उनको चीन भ्रमणको कार्यक्रमको विवरण काठमाडौंस्थित चिनियाँ दूतावासले तय गरेको थियो । बेइजिङको नेपाली दूतावासलाई परराष्ट्रमन्त्री वाङ यी र प्रधानमन्त्री ली खछ्याङसँगको भेटघाट हुनेमात्र कार्यक्रम उपलब्ध थियो । 
हिजो बेइजिङबाट छन्दु प्रस्थान गरेका महराले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तका सचिव वाङ तुङ मिङसँग भेटवार्ता गरेका छन् ।
 बुधबारै अपराहन महराले एसिया प्रशान्त आदानप्रदान तथा सहयोग कोष 'एपेक फाउन्डेसन'का अधिकारीहरूसँग भेट गरेका ञिए । चीनमा यो संस्थाको वैधानिकतामा प्रश्न उठेको र विवादास्पद रहेकाले महरालाई नभेट्न परराष्ट्र मन्त्रालयले सुझाव दिएको भए पनि भेटनेकाम गरेकोले अलिक आसखापैदा भएको छ । सन् २०११ मा लुम्बिनीमा अर्बौं लगानी गर्ने भन्दै पुष्पकमल दाहाललाई उपाध्यक्ष बनाएको यो संस्था अहिले दाहाल प्रधानमन्त्री बनेपछि फेरि जुर्मुराउन थालेकोले बिवाद तिर जाने बढी डर रहेकोछ ।
चीनले उच्चस्तरका विदेशी सरकारी पाहुनालाई राज्य गेस्ट हाउस 'त्याउथाई' मा राख्ने गरेको थियो । तर ? यसपटक महरालाई राज्य गेस्ट हाउसमा नराखेर बेइजिङको सेन्ट रेगिस्ट होटलमा राखेको थियो । बसाइ, पोसाक र बडी ल्याङग्वेजले पनि कूटनीतिक सम्बन्धमा महत्त्वपूर्ण अर्थ राखेको हुन्छ । हिजो साँझ महराले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मिनिस्टर सोङ थाउसँग भेट गरे । सोङले महराको स्वागतमा रात्रिभोज दिएकाथिए । महराको साथमा गएका नेपाली दूतावासका अधिकारीलाई समेत छुट्टै राखेर सोङसँग प्रत्यक्ष कुराकानी गरे । उनले नेपाल सरकारको प्रतिनिधिका रूपमा भन्दा पनि माओवादी केन्द्रको एक नेताको हैसियतबाट चिनियाँ कम्युनिस्ट पार्टीसँग आपसी सम्बन्ध मजबुत बनाउन खोजेको कुरा नेता सोङलाई महराले राखेको बुझिएकोछ। यो कुराले देशको प्रतिनिधीत्वव भएन कि जनताहरूले भन्न थालेकाछन् ।
२०७३/०५/३ गते अंंक ४९,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.