Websoft University

चौधरी बाबा बताउने मिया पक्राउ


बिराटनगर, श्रावन, १३ गते।  ईलाका प्रहरी कार्यालय पकलीले  आफूलाई चौधरी बाबा बताउदै विभिन्न व्यक्तिहरुसंग १६ लाख ७० हजार रुपैया ठगी गर्ने समुहका फरार सुनसरी डुम्राहा गाविस घर भई हाल इटहरी उपमहानगरपालिका -२२ बस्ने ३२ वर्षिय मोहमद मुस्ताफा मियालाइ पक्राउ  गरेको छ।  
मियाँलाई प्रहरीले मोरङको गछियाबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका मियाँसहितको समुहले आफूहरुलाई चौधरी बाबा बताई वन झाँक्रीको हड्डी भएको भन्दै हड्डी हेर्ने व्यक्ति दैवी शक्ति प्राप्त हुने भन्दै काठमाण्डौ गोकर्णेश्वर नगरपालीका-१२ जोरपाटीका बच्चु प्रसाद पुडासैनी, सिन्धुली पिपलमाढी गाविस ९ का लाल बहादुर हिम्दुङसहित अन्य केही व्यक्तिहरुसंग करिब १६ लाख ७० हजार ठगी गरेका थिए। 
पक्राउ परेका मियाँलाई सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दा अन्तरगत म्याद थप भई अनुसन्धान शुरु गरिएको छ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.