Websoft University

कुनै हालतमा नेपाली भूमि मिच्न दिँदैनौ

बिराटनगर, साउन १५ गते । कुनै हालतमा नेपाली भूमि मिच्न दिँदैनौ, दशगजामा नदीको बहाब थुन्ने गरी कुनै पनि हालतमा तटबन्ध बनाउन दिँदैनौ’ बिहीबार र शुक्रबार नेपाल भारत सिमाक्षेत्रमा  उपस्थित सयौं स्थानीयले यो नारा लगाए ।
उनीहरुले भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि प्रतिकार गरे । चार घण्टासम्म झडप भयो । स्थानीयले दशगजा मिचेर भारतीयले बनाउन सुरु गरेको तटबन्ध भत्काए । त्यसक्रममा पूर्व जिविस सदस्य देवनारायण यादब सहित केही नेपाली घाइते भए ।
‘भारतीयलाई नेपाली अस्मितामाथी प्रहार गर्न दिदैनौं, मातृभूमिको माटो लग्न दिदैनौ’ यादबले भने, ‘नेपालीको शरीर मातृभूमिका लागि हो, मातृभूमिको रक्षाका लागि यति रगत बग्नु कुनै ठुलो अर्थ राख्दैन् ।’ यादव मात्रै होइनन् दशगजा मिच्दा रणभुमी जस्तै बनेको तटबन्ध निर्माण स्थलमै भारतीयको आक्रमणवाट टाउको फुटेर घाइते भएका हर्ष कर्ण र रोशनकुमार झा लगायतका युवाहरु पनि आक्रोसित छन् ।
 ‘हाम्रो ठाउँ नमिच भन्दा आक्रमण गर्ने ?’ झाले भने । झडपका क्रममा टाउको फुटेर घाइते भएका ६ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
नेपाली र भारतीय पक्षका बीच यसरी भिडन्तको कारण थियो– भारतीय पक्षले एकतर्फ रुपमा दसगजालाई मिचेर वनाउन थालेको तटबन्ध । खाडो खोलाको बहाब थुन्ने गरि भारतीयले तटबन्ध निर्माण गर्न थालेपछि सप्तरी प्रशासन र सिमा क्षेत्रका नेपालीले पटकपटक त्यसो नगर्न आग्रह गरेका थिए । तर उनीहरु मानेनन् ।
बिहीबार सयौंको संख्यामा आएका भारतीयले सिमा स्तम्भभन्दा पाँच मिटर उत्तर नेपालतर्फ बाँध बनाउन थालेपछि सिमाका नेपाली पनि संगठित भए । सीमाक्षेत्रका भारतीय नेपालतर्फ आउन थालेपछि झडप भएको थियो । सुरुमा भारतीयको संख्या बढी हुदा बिहान नेपालीलाई गालीगलौज गर्दै खेदेको स्थानीयले बताए । भारतीयहरुले जसरी पनि बाध निर्माण गरेरै जाने भन्दै हातहातमा बासका भाटा लिएर आएका थिए ।
उनीहरुसंगै थिए सादा पोसाकका भारतीय सुरक्षाकर्मी र पोसाकमै बिहार प्रहरी । ती सुरक्षाकर्मीले दसगजामा भारतीय नागरिकले हिंसा उत्पन्न गराउन खोजिरहदा कुनै पनि नियन्त्रणको प्रयास गरेनन् । तर नेपाली सुरक्षा अधिकारीहरुले भने नेपाली पक्षलाई संयमित वनाउदै स्थिती समान्य वनाउन साझसम्म प्रयास गरे । उनीहरुले नेपाली सुरक्षाकमीृलाई पनि लक्षित गरि ढुंगा प्रहार गर्न थालेपछि नेपाली पक्ष थप आक्रोसित भए ।
भुमीको रक्षा गर्नुपर्छ भन्ने भावनाले संगठित भएका नेपालीहरुले भारतीयको बाध भत्काउन खोज्दा उनीहरुले आक्रमण गरे । नेपाली युवाले प्रतिकार गरे । चार घण्टा सम्म निरनतर वासको भाटाले हानाहान भयो । ढुंगा हानाहान भयो । पछि हटेनन् नेपालीहरु । ‘सवाल मातृभूमिको हो’ तिलाठीका निरजकुमार झाले भने, ‘उनीहरु संगठित छन् भने हामी पनि आफ्नो माटो जोगाउन एकजुट छौं ।’
बिहीबारको तनाव राती दुबै तर्फवाट स्थानिय गएपछि मात्र साम्य भयो । शुक्रबार बिहानै सयौको संख्यामा भेला भएका भारतीयले पुन बाँध निर्माण थालेपछि नेपाली पनि फेरि रोके । ‘हामी भारतीय भुमीमा मिच्न जादैनौ, उनीहरु हाम्रो भूमिलाई मिच्न पाउँदैन,’ तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्रले भने,‘चाहे जे होस हेपिएर सिमा बस्दैनौ, भुमी अतिक्रमण गरिए प्रतिकार गरिरहन्छौ ।’
शुक्रबार काग्रेसका सभापति दिनेशकुमार यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल सहितका राजनैतिक दलका नेताहरु पुगेका थिए ।
‘उच्च स्तरमा यो समस्या छलफलको माध्यमवाट टुङ्याउनुपर्छ’ काग्रेस सप्तरी सभापति यादबले भने,–‘जनता लडाउने काम कतैवाट हुनुहुँदैन् ।’ संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य साहले दुबैदेशका प्रसासन प्रमुखहरु समयमा सजग नहुँदा सिमामा द्वन्द्व उत्पन्न भएको बताए । उनले नेपाली भुमी मिचिए सप्तरीका जनताले रोक्ने बतउदै प्रशासनिक स्तरमा समन्वयको अभावका कारण सिमामा समस्या निम्तिएको बताए । कान्तिपुर अनलाइन 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.