Websoft University

सोमालियाको राजधानी मोगादिसु विमानस्थलनजिकै भएको विस्फेटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु

सोमालियाको राजधानीमा बम विस्फोट, १३ को मृत्यू

बिराटनगर, श्रावन ११ गते।  सोमालियाको राजधानी मोगादिसु विमानस्थलनजिकै मङ्गलबार भएको दुई भीषण बम विस्फेटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो विस्फोट मोगादिसु विमानस्थलनजिकै जोडिएको संयुक्त राष्ट्र सङ्घ र अफ्रिकन युनियनको भवननजिकै भएको बताइएको छ ।
प्रहरीका अनुसार यस आत्मघाती आक्रमणको जिहादी साबाब समूहले जिम्मा लिएको छ ।
अल कायदासँग आवद्ध यस साबाब समूहले सोमालिया र छिमेकमा रहेको राष्ट्र केन्यामा भएको रक्तपातपूर्ण आक्रमणको जिम्मा लिदै आएका छन् ।
सो समूह अन्तर्राष्ट्रिय समर्थन रहेको सोमालिया सरकारलाई फ्याक्न लडाई गरिरहेका बताइएको छ ।
विमानस्थलनजिकै रहेको प्रहरी चौकी र संयुक्त राष्ट्र सङ्घीय परिसरनजिकै सो आत्मघाती विस्फोटहरु गराइएको थियो ।
एएफपीका एक पत्रकारका अनुसार यस इलाकामा गोलाबारीको पनि आवाज सुनिएको थियो ।
आतङ्ककारी समूह साबाबले प्रकाशित गरेको एक विज्ञप्तिमा लडाकूहरुले गरेको सो आक्रमण आत्मघाती भएको जनाइएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार विहान ०९ बजे भएको यस आक्रमण कैयौँ व्यक्ति घाइते भएका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.