Websoft University

राजनीतिक परिवर्तन नेपालको आन्तरिक मामिला हो,चीनले भन्यो।


बिराटनगर, साउन १२ गते । चीनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई आन्तरिक मामिला हो भनेको छ ।
प्रधानमन्त्री केपी ओलीले राजिनामा घोषणा गरेको पर्सिपल्ट चीनको विदेश मन्त्रालयले नेपालको राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिंदै भनेको छ– ‘यो नेपालको नितान्त आन्तरिक मामिला हो ।’ छिमेकी चीनको विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा आएको जिज्ञासा मत्थर गर्दै भने, ‘नेपालको राजनीतिक स्थितिको परिवर्तनमा हामीले ध्यान दिएका छौं । छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राख्दै स्थिरता र विकासका लागि कोसिस गर्ने हाम्रो आशा छ ।’ उनले नयाँ सरकारले मुलुकको हितलाई सर्वोपरी ठानेर काम गर्नेमा समेत चीन विश्वस्त रहेको बताए ।
चिनियाँ विदेशमन्त्रालयको वेवसाइटमा चिनियाँ भाषामा राखिएको नियमित पत्रकार सम्मेलनको पूर्ण अंशमा एक जिज्ञासा नेपालको पनि थियो । प्रधानमन्त्री ओलीको राजिनामालाई चीनले कसरी लिएको छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता लुले भने, ‘चीन र नेपाल एकै पक्षमा रहेको र अन्तराष्ट्रिय तथा आ–आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन–नेपाल मैत्रीपूर्ण र आपसी सहकार्य तथा सहयोग रणनीतिमा परिवर्तन हुदैन ।’
 सरकारमा जाने तयारीमा रहेका दलका शिर्ष नेताले समेत सत्ता परिवर्तनले चीन नेपाल सम्वन्धमा कुनै असर नपर्ने बताइरहेका बेला चिनिया सरकारबाट समेत चीनको समान धारणा आएको हो । नेपालमा सरकार परिवर्तनको गृहकार्य भइरहदा चीनको विभिन्न तहका नेता तथा उच्च अधिकारीहरु काठमाडौंमा आएर राजनीतिक भेटघाट समेत गरिरहेका थिए । चीनका नेताहरुले पछिल्लो समय नेपाली कांग्रेससँगको सम्वन्धलाई बढि नै जोड दिइरहेका छन् । काँग्रेस र चिनिया कम्युनिष्ट पार्टि बीचको सम्वन्धलाई उचाईमा लैजान दुवै पक्षले महत्व दिइरहेको अवस्थामा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको हो ।   
अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसदमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका चीनसँग भएका सम्झौता कार्यावन्यनमा आगामी सरकार गम्भिर भएर अघि बढ्ने बताउदै दुवै छिमेकीसंगको सम्वन्धलाई महत्व दिएर अघि बढ्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा आगामी प्रधानमन्त्रीको दावेदार पुष्पकमल दाहालले पनि चीनसँगको सम्वन्धमा कुनै असर नपर्ने र दुवै छिमेकीलाई बराबर महत्व दिएर अघि बढ्ने बताएका थिए ।
आगामी असोजको अन्त्यसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने गरि तयारीहरु भइरहेको छ । चिनियाँ प्रवक्ताको पछिल्लो सकारात्मक धारणाले नेपालमा सरकार परिवर्तन भए पनि चिनियाँ राष्टपतिको भ्रमण नरोकिने संकेत गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु ले पनि चीनको तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण हुनेमा द्विविधा नभएको दावी गरे । नयाँ सरकार बनेपछि भ्रमणको तिथि तलमाथि होला सन् २०१६ को अन्त्यसम्ममा चीनबाट उच्चस्तरको भ्रमण नेपाल तर्फ हुनेछ, ति अधिकारीले भनेकाछन । कान्तिपुर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.