Websoft University

श्रीमतीकै अगाडी श्रीमानकाे बिभत्स हत्या

yubak
धरान । सु नसरीकाे धरान १५ निराजन बस्तीमा शनिवार बिहान एक ब्याक्तीकाे धारीलाे हतियार प्रहारबाट बिभत्स हत्या भएकाे छ । अाछयानमा सुतिरहेकाेबेला बिहान ३ बजे हतियारधारी समुहले अाक्रमण गरी धरान १५ निराजन बस्तीका २३ बर्षीय चुचु भनिने दिपक राइकाे हत्या गरेका हुन । धारिलाे हतियार प्रहारबाट गम्भिर बनेका राइकाे उपचारकाेलागि धरान स्थित बिपी प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएकाे धरान प्रहरीले जनाएकाे छ ।
उज्यालाे हुनै नपार्इ कसैले ढाेकामा ढकढक पारेपछि ढाेका खाेली काेहाे भनेर साेध्न खाेज्दा  जबरजस्ती भित्र छिरेर अाेछयानमा रहेका श्रीमानलार्इ खुकुरी प्रहार गरी फरार रहेकाे मृतक दिपककी श्रीमती अस्मिता रार्इले बताइन । अाेछयानमा सुतेका श्रीमानलार्इ अन्धाधुन्दा धारीलाे हतियारले प्रहार गर्न थालेपछि अाफुले गुहार मागेकाे त्यतिकैमा उनिहरू फरार रहेकाे उनले बताइन ।
यता हत्या अभियाेगमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा निराजन बस्तीकै २६ बर्षीय शक्ती बेघा लिम्बु रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । पक्राउ लिम्बुकाे बिषयमा थप अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक रमेश श्रेष्ठले बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.