Websoft University

बिराटनगरको बसपार्क हिलो र पानीले भरिएको छ


बिराटनगर, श्रावण ८, गते ।  केहिदिन देखि लगातारपरेको  पानीले कोशीको पानीको सतह खतराको निसानामा पुगेको छ भने मोरंङका सबै खोलामा पानीको बहाव बडेर बाढीले   कटान सुरूगरेकोछ ।
बिराटनगरको बसपार्कमा हिलो र पानीले भरिएको छ।बिराटनगरकै केहि भागमा डुवान सुरूहुन थालेकोछ।
अहिले मुलुकभर परेको पानीले बाढी र पहिरोको समस्या बढेको छ । पहिरोकै कारण स्याङ्जामा २ बालकको मृत्यु भएको छ । प्यूठानमा एक बालिका बेपत्ता छिन् । नेपालगन्जमा डुबेर बालकको मृत्यु भएको खबर छ । सयौं घर डुबानमा परेका छन् । मोरंङग लगाएत सबै  ठाउँमा रोपाइँ भइसकेका सयौं बिघा खेतमा बाढी पसेर नोक्सान गरेकोछ ।
 यसले उत्पादन घट्ने सम्भावना बढाएको छ । उद्धारमा खटेका सेना, सशस्त्र र नेपाल प्रहरीका कार्यकक्ष नै डुबानमा परेकाले उद्धार गरिएकाहरूलाई राख्नसमेत समस्या भएको बताइएको छ । 
अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न स्थान जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ ।
जिल्ला प्रहरीका अनुसार वर्षाका कारण नेपालगन्ज उपमहानगरपालिकाका गणेशपुर, घरबारी टोल, बेलासपुर, भृकुटीनगर, सिद्धार्थ टोल, सुर्खेतरोड, कारकाँदो, शान्तिनगर, लगायत  अधिकांश स्थान जलमग्न भएका छन् । करिब ५ सय घरमा पानी पसेको छ । कोहलपुर क्षेत्रका ६० घर डुबानमा परेपछि इलाका प्रहरी कार्यालयले अस्थायी रूपमा डुबान क्षेत्र खोलेको छ । पुर्ब–पश्चिम राजमार्गस्थित चप्परगौडी बढी प्रभावित छ । अविरल वर्षाले बिराटनगर राजबिराजमा डुबान सुरु भएको छ, भने नेपालगन्ज नगर जलमग्न भएपछि विद्युत् सेवासमेत प्रभावितबनेकोछ । नेपालगन्ज कारागारमा पानी जमेको छ । दर्जनभन्दा बढी कार्यालय, होटेल तथा पसलहरूमा पानी पसेको छ । निकास नहुदा डुबान समस्या बढेको कुरा समाचारमा उल्लेख गरिएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.