Websoft University

फलामको पाइपले हानेर हजुरबाको हत्या आरोपमा नाति पक्राउ

भोजपुर, साउन ११ – हजुरबाको हत्यामा संलग्न रहेको आरोपमा दुलोदुम्मा गाविस-४  का १८ वर्षका दिपेश राई पक्राउ परेका छन् । ७७ वर्षका हजुरबा रामबहादुर राईको हत्या गरेको अभियोगमा दिपेश पक्राउ परेका हुन् ।

गएको ४ गते दिपेशले फलामको पाइपले हजुरबाको टाउको र शरिरका अन्य भागमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताउनु भयो । 
राईलाई कर्तव्य ज्यानको मुद्दा दर्ता गरि अनुसन्धान अगडि बढाएको प्रहरी नायव उपरिक्षक लम्सालले बताउनु भयो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।                          
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.