Websoft University

सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी, साउन ११ । सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।
मंगलबार बिहान १० बजे सप्तकोसीमा पानीको बहाव मापन गर्दा प्रतिसेकेन्ड २ लाख ६४ हजार ७ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनु भयो  ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३५ ढोका खोलिएका छन् ।
सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरेको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको दुबैतर्फ खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा पानीको बहाव उच्च हुँदासमेत ब्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका सर्वसाधारण आतंकित भएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताउनु भयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.