Websoft University

चीनले बनायो फेरि नयाँ सुपर कम्प्युटर ।


चीनले बनाएको नयाँ सुपर कम्प्युटर विश्वको सबैभन्दा शक्तिशाली कम्प्युटर बन्न सफल भएको छ । चीन विश्वको शक्तिशाली कम्प्युटर भएको देशको सूचिमा लगातार दोश्रो वर्ष पनि पर्न सफल भए तापनि गत वर्षको कम्प्युटरको तुलनामा पछिल्लो कम्प्युटर निकै धेरै शक्तिशाली रहेको छ ।
९३ पेटाफ्लट सनवे ताइहुलाइट नामको नयाँ सुपर कम्प्युटर वुजीस्थित नेसनल सुपरकम्प्युटिंग केन्द्रमा राखिएको छ ।
यो कम्प्युटरले एक सेकेण्डमा ९३ हजार ट्रिलियन हिसाब गर्न सक्दछ ।
गत वर्ष विश्वका सबैभन्दा शक्तिशाली कम्प्युटरको सूचिमा पहिलो स्थानमा चीनकै तियान्हे २ कम्प्युटर रहेको थियो । तियान्हे २ भन्दा ताइहुलाइट कम्प्युटर दोब्बर फास्ट हुनुका साथै तिन गुणा बढि प्रभावकारी रहेको बताइएको छ ।
टप फाइभ हन्ड्रेड डट ओआरजीले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली कम्प्युटरको सूचिमा सनवे टाइहुलाइट नम्वर वान बन्न सफल भएको हो ।
यो कम्प्युटरको अति उन्नत निर्माण, मौसम पूर्वानुमान फिचर तथा ठूलो परिमाणमा डाटा विश्लेषण गर्न सक्ने क्षमता रहेको बताइएको छ ।
यो कम्प्युटरमा १ करोड ५ लाख प्रोसेसिंग कोर तथा ४०,९६० नोड्स रहेका छन् । यो कम्प्युटर लिनक्स अपरेटिंग सिस्टममा चल्दछ ।
विश्वका सबैभन्दा शक्तिशाली ५ सय वटा कम्प्युटरको सूचिमा चीनका १ सय ६७ थरी कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ६५ थरी । शक्तिशाली कम्प्युटरका संख्याको हिसाबले अमेरिकालाई चीनले पछि पारेको यो पहिलो पटक हो ।
जबकी १० वर्ष अघि विश्वका शक्तिशाली ५ सय कम्प्युटरमा केवल २८ वटा चिनिया कम्प्युटर मात्र अटाएका थिए जुन टप ३० भित्रपनि पर्न सकेका थिएनन् ।
त्यसैले सुपर कम्प्युटिंगको क्षेत्रमा चीनले दुनियाका अन्य सबै देशले भन्दा तिव्र विकाश गरेको संस्थाको भनाइ छ ।
विश्वका शक्तिशाली ५ सय कम्प्युटरमा पहिलो तथा दोश्रो स्थानमै चिनिया कम्प्युटर पर्न सफल भएका छन् । तेश्रो चौथो छैटौँ र सातौँ स्थानमा अमेरिकी कम्प्युरहरु छन् । टपटेन मध्ये पाँचौ स्थानमा जापान, आठौँमा स्विजरल्याण्ड, नवौँमा जर्मनी र दशौँमा साउदी अरेबियाका सुपर कम्प्युटर रहेका छन् ।
यी सुपर कम्प्युटरहरु सामान्य मानिसले चलाउने खालका भने होइनन् । सुपर कम्प्युटरहरु विशिष्टीकृत एप्लिकेसनले युक्त हुन्छन् र त्यसको फाइदा उठाउन निकै विशिष्टीकृत कम्प्युटर ज्ञान तथा आवश्यकताको खाँचो पर्दछ । त्यसैले यस्ता सुपर कम्प्युटरहरु रेसिंग कारसँग तुलना गरिन्छ,जो सर्किटमा दौडाउन त खुबै काम लाग्छन् तर यात्रागर्न भने कामलाग्दैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.