Websoft University

अनिश्चितकालीन यातायात बन्दको घोषणा

भोजपुर, असार १४ । वर्षातका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त बस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै मंगलबारदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ । सङ्घका अध्यक्ष गोपाल तामाङले वर्षातका कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताए । प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गरिने बताए । व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन् नै, बिरामी तथा बिरामीका आफन्तलाई झन् समस्या परेको छ । भोजपुरमा हवाई उडान पनि नियमित नहुँदा यात्रुहरु मारमा परेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.