Websoft University

स्थानीय निर्वाचन बारे कांग्रेसमा छलफल

काठमाडौँ, जेष्ठ १३ गते   ।   प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न संभव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ । सरकारले आगामी मंसीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफलमा जुटेको हो । 



सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि निर्वाचन गराउन उपयुक्त हुने थियो । बैठकमा सहभागी कांग्रेसका एक नेताले स्थानीय निकायको पुर्नसंरचनाका लागि आयोग गठन भईसकेको अवस्थामा अन्तरिम अवधिका लागि मंसीरमा स्थानीय निकायको निर्वाचन गर्नुको औचित्व नहुने निष्कर्ष बैठकमा निकालिएको बताए ।

बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बिषयमा प्रारम्भिक छलफल भएको बताए । केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रारम्भिक छलफल भएकाले पार्टीको ठोस धारणा अर्को बैठकपछि आउने बताए । 'अहिलेकै अवस्थामा मंसीरमा स्थानीय निकायको निर्वाचन गर्न संभव छ कि छैन ? निर्वाचनका लागि संवैधानिक अडन के छन ? जस्ता बिषयमा छलफल भएको हो' महतले कान्तिपुरसँग भने,'कांग्रेस शिद्धान्तहः निर्वाचनको पक्षमा छ ।

तर, स्थानीय निकायको पुर्नसंरचना नगरी निर्वाचनमा जान सकिने अवस्था छ कि छैन भन्ने बिषयमा औपचारिक दृष्टिकोण अर्को बैठकपछि हामी ल्याउने छौ ।' बैठकमा सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण र डा. प्रकाशरण महत सहभागि थिए ।

मधेसको माग सम्वोधन नहुँदा सम्म स्थानीय निकायको निर्वाचन हुन कठिनाई हुने बताउँदै कांग्रेसले सस्तो लोकपि्रयताका लागि सरकारले स्थानीय निकायको अन्तरिम निर्वाचनको कुरा गरेको बताउँदै आएको छ । 'निर्वाचन सम्वन्धी पार्टीको औपचारिक दृष्टिकोण बनाएर कांग्रेसले सरकार र अन्यराजनीतिक दलहरुसँग पनि परामर्श गर्छ' महतले भने ।







  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.