Websoft University

नगरपालिकामा छैनन बारुणयन्त्र,


 बेलबारी , जेष्ठ १३ गते । नगरपालिका भएपछि गाविसको भन्दा बढि सेवा सुबिधा हुन्छ भन्ने सुनेका नगरबासीहरु त्यति बेला औधी खुसी भए जतिबेला मोरङका दर्जनौ गाबिसहरु पनि नगरपालिका घोषित भए । तर नगरपालिका घोषणा भएको २ बर्ष पुग्दा समेत उनीहरुले त्यो आभाष गर्न पाएका छैनन । मोरङका सुन्दरदुलारी, कोशीहरैचा, बेलबारी,लेटाङ भोगटेनी,पथरीशनिश्चरे,उर्लाबारी,रंगेली,लगायतका नगरपालिकाले दोस्रो बार्षिकोत्सब मनाए पनि सेबा सुबिधा भने थप्न पाएका छैनन । दैबिक प्रकोप राहत कोष खडा गरेपनि दैबिक प्रकोप बाट बचाउने खालका रणनिति उनीहरुले बनाउन सकेका छैनन । 

२ बर्षको अबधि हुँदा समेत ती नगरपालिकाले एउटा समेत दमकल किन्न सकेका छैनन । केही दिन अघिमात्र बेलबारी ४ का रमेश कोईरालको घरमा बिद्युत सट भएर आगो लाग्यो । नगरपालिकामा दमकल नहँुदा ईटहरीबाट दमकल बोलाएपनि घरगोठ खरानी भईसक्दा मात्रै दमकल आई पुग्यो ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस क्षेत्रमा मात्र दैनिकजसो आगलागीका घटनाहरु भईरहेका छन । नगरपालिकामा दमकल नहुदाँ छिमेकी जिल्लादेखी दमकल बोलाउनुपर्ने बाध्यता अझै सम्म पनि हट्न सकेको छैन । झापा तथा सुनसरी जिल्लाबाट दमकल बोलाउन पर्ने बाध्यता अझै पनि उत्तरी मोरङका जनताले भोग्न बाध्य भएका छन । यस क्षेत्रमा आगलागी हुँदा भापाको दमक नगरपालीका तथा सुनसरीको ईटहरी उपमहानगरपालीका देखी दमकल बोलाउनुपर्ने बाध्यता छ । नगरपालिकाको ध्यान अहिले सम्म पनि दमकल किन्नेमा जान सकेको छैन ।

नगरपालिकामा स्वास्थय शिक्षा, खेलकुद खानेपानि,यातायात लगायतका अन्य थुप्रै सेबा सुबिधा हुने गरेपनि करको दायरामात्रै नगरपालिकाहरुले बढाएको स्थानियहरुले गुनासो गर्ने गरेका छन । खानेपानीको हाहाकार उत्तिकै छ । न त शुद्ध खानेपनिको जिम्मा लिएका संस्थाले खानेपानीको समस्या समाधान गर्न सक्छ नत नगरपालिकाले नै । बर्षातको समय सुरु भए सँगै नगरपालिका क्षेत्र भित्रका कच्ची सडक हिलाम्मे हुने गरेका छन । नगरपालिकाहरुले एकिकृत सम्पत्ति कर तिर्नका लागी ताकेता गरे पनि सेवा सुबिधाका लागी भने काम गर्न सकेका छैनन । अधिकांश नगरपालिकमा खानेपानीको समेत उस्तै समस्या छ ।

दमकल खर्चिलो हुने गरेकाले दुई तिनवटा नगरपालिका सँग समन्वय गरेर ल्याउने तयारी भईरहेको र त्यसका लागी मन्त्रालय सँग प्रकृया अघि वढेको बेलबारी नगरपालीकका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले जानकारी दिएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.