Websoft University

प्रधानमन्त्रीसँग राष्ट्रपति असन्तुष्ट, अन्तरपार्टी सञ्जाल बनाउन लबिङ

Bidhya Bhandari
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुृख दलका नेताहरु र सरकारको कार्यशैलीप्रति असन्तुष्ट बनेकी छिन् । केपी ओली नेतृत्वको सरकार र सत्तारुढ पार्टीको कार्यशैलीप्रति असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले प्रमुख दलभित्रका असल मानिसहरु मिलेर अन्तरपार्टी सञ्जाल बनाउनुपर्ने लबिङसमेत थालेकी छिन् ।
नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति भण्डारीले केही नेताहरुसँग अनौपचारिक भेटघाटसमेत थालेकी छिन् । भण्डारीले चाँडै सर्वदलीय बैठक बोलाएर संविधान कार्यान्वयनमा दलका नेताहरुको ध्यानाकर्षण गराउन लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।
यसैवीच आज गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयले शुभकामना आदान-प्रदान एवं जलपान कार्यक्रमको आयोजना गरेको छ । शनिबार दिउँसो साढे १ बजे शीतलनिवासमा हुने जलपानमा सहभागी नेताहरुवीच अनौपचारिक कुराकानी हुनु स्वाभाविक भए पनि राष्ट्रपतिले प्रमुख नेतालाई केही दिनभित्र औपचारिकरुपमै शीतलनिवास बोलाउन लागेको स्रोतले जानकारी दियो ।
नेताहरु पेटीस्वार्थमा लागे
स्रोतका अनुसार राष्ट्रपति भण्डारीले देशलाई आर्थिक सम्वृद्धिको बाटोतर्फ अग्रसर गराउनुपर्नेमा नेताहरु आ-आफ्नो पेटी स्वार्थमा लागेर झगडामा रुमलिएको गुनासो पोखेकी छिन् ।
अहिलेको राजनीतिक गतिरोधलाई चिर्न र मुलुकलाई दुर्घटना हुनबाट जोगाउनका लागि कांग्रेस, एमाले र माओवादी लगायतका दलभित्र रहेका इमान्दार नेता-कार्यकर्ताहरुले अन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्नुपर्ने राष्ट्रपतिको सुझाव छ ।
ओलीसँग असन्तुष्ट
राष्ट्रपति भण्डारीले आफ्ना निकटस्थहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पनि असन्तोष जनाएकी छिन् । विशेष गरी आफ्नो भारत भ्रमण स्वीकृत नगरेर प्रधानमन्त्री ओलीले गल्ती गरेको राष्ट्रपतिको बुझाइ छ ।
KP Oliसार्वजनिक रुपमा तय भइसकेको भ्रमण वीचमा आएर स्थगन गर्दा छिमेकीसँगको सम्बन्धमा असहजता उत्पन्न हुन पुगेको उनको बुझाइ छ ।
नेकपा एमालेमा कार्यरत रहँदा राष्ट्रपति भण्डारी केपी ओली गुटकी नेतृ मानिन्थिन् । राष्ट्रपति बनेपछि उनले एमालेबाट राजीनामा दिइसकेकी छिन् । तर, राष्ट्रपति बन्नु र एमाले छाड्नुअगावै संविधान निर्माणका बेलामा पनि विद्याको भूमिका केपी ओलीको भन्दा फराकिलो रहेको कांग्रेस र माओवादीका नेताहरुको बुझाइ छ ।
स्रोत भन्छ- संविधान निर्माणपूर्व नै एमाले अध्यक्ष ओली र तत्कालीन उपाध्यक्ष विद्यावीच केही दुरी देखिन थालिसकेको थियो । पार्टीभित्र र बाहिरसमेत केपी ओलीको तुलनामा विद्या निकै सन्तुलितरुपमा प्रस्तुत हुन र राष्ट्रिय सहमतिको पक्षमा उभिन थालेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.