Websoft University

१० दिन अघी गाडेकाे अमृतकाे लाश प्रहरीले अनुशन्धान गर्ने भन्दै निकाल्याे (फाेटाे फिचर सहित)

पथरी, जेष्ठ १३ गते ।  मोरङको केरौन ४ को चिसाङ खोलाबाट प्रहरीले गाडिएको १० दिन पछि एक व्याक्तिको शव चिहान खनेर निकालेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा इलाका प्रहरीकार्यालय पथरीले केरौन ४ घरभएका बर्ष २९ को अमृत लिम्बूको गाडिएको लास चिहान उत्खनन गरी निकालेको हो ।



पथरी इप्रकाका प्रहरी निरिक्षक रमेश बस्नेतको टोलीले खोलाको डिलमा गाडिएको लासलाई निकाली पोष्टमार्टमको लागी धरान स्थीत विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा आइतबार नै पठाए । लास सामान्य कुहिएकोले धेरै दुर्गन्ध भएको थियो । लासलाई घर देखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा परम्परा अनुसार गाडिएको थियो । लासको टाँउकोको अगाडि र पछाडी भागमा चोट लागेको भेटिएको प्रहरीले बताएका छन् ।

गाउँमा शंका उपशंका भएपछि आइतबार विहान इलाका प्रहरी कार्यालय पथरीमा मृतर्कका आमा देविमाया लिम्बूले स्थानीयको आग्रहमा किटानी जाहेरी दिएका थिए । उन्ले मृत छोराको लासलाई अनुसन्धान गरी घटनामा संम्लग्न व्याक्तिलाई तत्काल पक्राउ गर्न किटानी जाहेरी दिएकी थिइन् । मृतर्कका आमा देविमाया लिम्बूले घटनामा संम्लग्न केरौन १ को सइकुमार तामाङ सहित ५ जनाको नाममा किटानी जाहेरी दिएको प्रहरी निरिक्षक वस्नेतले बताए ।

किटानी जाहेरी पश्चात प्रहरीले घटनामा सम्लग्न व्याक्तिलाई खोजिकार्य तिव्र बनाएको प्रहरीले बताएका छन् । आमा देविमायाले प्रहरीमा दिएको बयान अनुसार बैशाख ३१ गते राती ८ बजे घर छेउको कानेपोखरी–रंगेली सडक खण्डमा दक्षिणबाट ३ वटा मोटरसाइकलमा आएको सइकुमार तामाङको युवा समुहले बाटोमा भनाभन भएपछि हेल्मेटले कुटपिट गरेको स्थानीयबाट भोलि पल्ट थाहा भएको थियो ।



त्यो दिन राती कति बेला आएर घरमा सुतो थाहा भएन विहान ११ बजे सम्म नउठ्दा गएर ओछ्यानमा हेर्दा मृतु भैसकेको रहेछ । गाऊँका केहि मान्छेले प्रहरीलाई खबर गरी पोष्टमाटम गर्नु पर्छ भनेका थिए भने केहि मानिसले खर्च धेरै लाग्छ प्रहरीलाई नभन्नु आफ्नो रितिरिवाज अनुसार सदगद गर्ने सल्ला दिएर यस्तो गरेको हो ।

केरौनको सोही स्थानको वरपर पसलमा मदिरा तथा पेय पदार्थको कारणले समय समय यस्तो प्रकारको घटना बढ्दै गएको छ । मृतर्क अमृत पनि स्थानीय एक मदिरा पसलमा मदिरा नशामा घटना घटेको त्यहाँका स्थानीयले बताएका छन् । अहिले घटना घटेको स्थानबाट २ सय मिटर दक्षिण २०६९साल असोज ९ गते राती ८ बजे केरौन ४ को नहर चौकको पसलमा केरौन ४को २४ बर्षीय मुकेश माझीलाई छिमेकी लिला ठकुरी साहीले धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

घटनामा संम्लग्न लिला ठकुरी अहिले सम्म प्रहरीले पक्राउ गर्ने सकेको छैनन् । सोहि घटनामा संम्लग्न अन्य गणेश चौधरी,सतिस वस्नेत ,शंकर चौधरी र दिनेश राजवंशीलाई अदालतले सादा तारिखमा छाडेका थिए । त्यसैगरी घटना स्थल केरौनको नहर चौकदेखि लगभग दुई किलो मिटर दक्षिण केरौन ९ दलेलीमा २०६७ सालमा मदिरा खाएर भनाभन भएको विषयमा सतार(किस्कु) थरीका व्याक्तिलाई घरधनी रमेश थापाको परिवारले हत्या गरेका थिए ।

थापा परिवारका अन्य सदस्य तारिखमा छुटे भने रमेश थापा कारागरमा जेलजिवन विताई रहेका छन् । हत्यामा संलग्न तिन जना उपस्थित मोरङको केरौन ४ को २९ बर्षीय अमृत लिम्बूको हत्यामा संलग्न ३ जना प्रहरी सामु उपस्थित भएका छन । सोमबार हत्यामा संलग्न केरौन १ का ३३ बर्षीय सईकुमार तामाङ, २६ बर्षीय हस्त गुरुङ र बाहुनी ९ राधानाघर भएको २८ बर्षीय राकेश गुरुङ प्रहरी सामु उपस्थित भएका हुने । मृतक लिम्बूको हत्यामा संलग्न ५ जना मध्ये ३ जनालाई प्रहरीले जिल्ला पुर्याइसकेको छ ।

  • पुर्बेली नॆउज बाट 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.