Websoft University

कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह

काठमाडौँ,जेष्ठ १३ गते । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नेपाललाई ‘ट्रान्जिट’ बनाएर ब्राजिल हुँदै युरोपेली देशहरुमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका चारजनालाई पक्राउ गरेको छ ।




पक्राउपर्नेहरुमा भेनेजुयलाकी एमिरिस कारमेन, नाइजेरियाका मोहमद लामिने दोवा, भारतका तोहिद खान र नेपालका दिलबहादुर गुरुङ रहेका छन् ।

यिनीहरुको साथबाट प्रहरीले २ किलो ६ सय ८३ ग्राम कोकिन पनि बरामद गरेको छ । प्रहरीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

एमिरिस कारमेन पक्राउ परेपछि उनको बयानको आधारमा अरु तीनजना पक्राउ परेका हुन् ।

कारमेनलाई भनेजुयलाकी क्याथ्रिन भन्ने महिलाले ‘माछा मार्न प्रयोग हुने नाइनलको डोरी हो, नेपालमा महंगो मूल्यमा बिक्री हुन्छ’ भनी नाइनलको डोरीमा राखेर कोकिन पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिलबहादुर गुरुङ नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका अभियुक्त हुन् ।

गुरुङले नेपालबाट लागूऔषध बाहिर पठाउने काममा सक्रिय रहेको विभिन्न घटनाको अनुसन्धानबाट पुष्टि भएको पनि प्रहरीले जनाएको छ ।

  • ईमेज खबर बाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.