Websoft University

छैनन् सुबिधा सम्पन्न अस्पताल

मोरङ, जेष्ठ १२ गते ।   सुगम जिल्लाका रुपमा परिचित मोरङ जिल्लाको सदरमुकाम बिराटनगर बाहिर उत्तर पुर्वी क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल अझै सम्म खुल्न नसक्दा बिरामीहरु मर्कामा पर्ने गरेका छन । सुनसरीको ईटहरी देखि पुर्ब लागेपछि झापाको दमक नपुगे सम्म सुबिधा सम्पन्न अस्पतालमा बिरामीको उपचार गराउन पाईदैँन । सुबिधा सम्पन्न अस्पताल नखुलेपछि पुर्बोत्तर मोरङ तथा सुनसरीको इटहरीका बिरामीले धरानको घोपा तथा बिराटनगरका अन्य अस्पतालमा लानुपर्ने बाध्यता रहेको छ । यो क्षेत्रमा मात्र करिब २ लाख बढी मानिसहरुको बसोबास रहेको छ ।



सुनसरीको ईटहरीलाई प्रदेश नम्बर १ को राजधानीका रुपमा चर्चा गरिएपनि सुबिधा सम्पन्न अस्पताल अझै खुल्न सकेका छैनन । सुन्दरदुलारी, कोशिहरैचा, बेलबारी, पथरी, उर्लाबारीमा केहि साना खालका अस्पताल भएपनि सामान्य उपचार मात्रै हुने गरेको छ । बिराटनगर तथा घोपा क्याम्प धरानबाट साप्ताहिक रुपमा डक्टरहरुले आएर स्थानिय मेडिकलको सहयोगमा उपचार गराउने गरेका छन ।

स्वास्थय चेकजाँच गर्ने सामान्य उपकरण मात्रै भएका मेडिकलमा तिनै उपकरणको भरमा उपचार गर्ने गरेका छन । बेलबारीमा मात्र आधादर्जन भन्दा बढि मेडिकल भएपनि सबै मेडिकलमा सामान्य मात्रै उपचार हुने गरेको छ । संसदीय दलको चुनाबमा प्रायजसो सबै पार्टीको घोषणापत्रमा बेलबारीमा एउटा सुबिधायुत्त अस्पताल खोल्ने निर्णय गरेपनि अहिले सम्म कुनै अत्तोपत्तो छैन ।

बेलबारीमा भएको उपस्वास्थय चौकिमा समेत निशुल्क बितरण गर्ने औषधि भनेको समयमा उपलब्ध हुदैँन । घोषणापत्रमा मात्रै सिमित देखिएको अस्पतालमा निजि क्षेत्रको समेत कुनै आकर्षण देखिएको छैन । सुबिधा सम्पन्न अस्पताल नहुदाँ दैनिक जसो २ सय बढी बिरामी यस क्षेत्रबाट मात्र बिराटनगरका अस्पतालमा जाने गरेका छन । गर्मी बढसगैँ बाबालिका लगायत अन्उ उमेर समुहका ब्यत्तिहरु समेत बिरामी हुने गरेपनि स्थानीय स्तरमा सुबिधायुत्त अस्पताल नहुँदा र बिशेषज्ञ डाक्टरको अभाबमा दैनिक एम्बुलेन्स नै बोलाएर अस्पताल लानुपर्ने बाध्यता रहेको छ ।।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.